दफा ११
अन्य सार्वजनिक लिखतको प्रमाणीकरण

दफा   ३, ४, ५, ५क, ६, ७, ८, ९ र १० मा उल्लेख भएदेखि बाहेकका तोकिए बमोजिमका अन्य सार्वजनिक लिखतको प्रमाणीकरण तोकिएको अधिकारीद्वारा तोकिए बमोजिम हुनेछ ।

तर प्रदेश र स्थानीय तहका सार्वजनिक लिखतको हकमा सम्बन्धित प्रदेश वा स्थानीय तहको कानूनमा व्यवस्था भए बमोजिम हुनेछ।